इलामका वीर बहादुर राई नेपाल सरकारको सचिव (विशिष्ट श्रेणी)मा बढुवा

इलामका वीर बहादुर राई नेपाल सरकारको सचिव (विशिष्ट श्रेणी)मा बढुवा


२० श्रावण, इलाम । सरकारले सहसचिव वीर बहादुर राईलाई सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका सम्पन्न मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिवमा बढुवा भएका राई इलामको माईजोगमाई गाउँपालिका २ का बासिन्दा हुन् । उनले आउदो भाद्र १५ गतेबाट उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन् । उनको सचिव कार्यकाल जम्मा २७ दिनको हुनेछ ।

बढुवा भएका राई हाल सिँहदरवारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत छन् ।

बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राई गरी तीन जनाको नाम सचिवका लागि सिफारिस गरेको थियो ।

राई सुचना विभागको महानिर्देशक समेत भइसकेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर