सुनसरीका तीन सय बढी परीवारलाई निःशुल्क ‘विद्युत् मिटर’ वितरण

सुनसरीका तीन सय बढी परीवारलाई निःशुल्क ‘विद्युत् मिटर’ वितरण

१९ श्रावण, सुनसरी । सुनसरीका विभिन्न स्थानिय तहहरुमा नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले आर्थिक वर्ष २०७६/०७७ मा ३ सय २९ जना गरीब तथा अति विपन्न परीवारलाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ ।

नेपाल विधुत प्राधिकरण इनरुवाले गएको आर्थिक वर्षमा निवेदन दिएका ३ सय २९ जनालाई निःशुल्क मिटर वितरण गरेको जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई सरकारले अनुदान स्वरुप गरीब तथा अति विपन्न परिवारलाई सहयोग हुने गरी मिटर वितरण गरिएको प्राधिकरणका सहायक प्रवन्धक ई.राम उदगार साहले बताउनुभयो ।

उहाँका अनुसार कोरोनाले गर्दा लामो समय भएको लक डाउनले धेरैलाई निःशुल्क मिटर बितरण गर्न नसकेको र आएको निवेदनमा सबैलाई मिटर उपलब्ध गराएको छ । यस आर्थिक वर्षमा पनि गरीब परिवारलाई निःशुल्क मिटर प्रदान गरीने भएको हुदाँ समयमै काम सुचारु गरी जनतालाई सहयोग गर्ने तयार रहेको सहायक प्रवन्धक साहको भनाई रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर