मेचीराजमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने काम अलपत्र, बाटो भत्कन थाल्यो

मेचीराजमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने काम अलपत्र, बाटो भत्कन थाल्यो

१८ श्रावण, इलाम । नेपाल टेलिकमको अप्टिकल फाइबरबाट पूर्वी पहाडी जिल्ला जोड्ने काम अलपत्र पर्दा मेचीराजमार्गमा क्षति पुग्न थालेको छ ।

इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्ला जोड्न मेचीराजमार्गको नाला(ड्रेन)मा फाइबर बिच्छ्याउने काम अलपत्र पर्दा बर्खायामको समयमा राजमार्गमै क्षति पुग्न थालेको हो ।

मेचीराजमार्गको नालामा अप्टिकल फाइबर बिच्छ्याएर पहाडी जिल्लामा जोडने काम अलपत्र परको हो । दक्षिण कोरियाको कम्पनीले गर्दै आएको काम लकडाउन भएसँगै काम छोडेर सम्पर्क विहिन भएको छ । इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्ला जोड्न मेचीराजमार्गको नालामा फाइबर बिच्छ्याउने काम अलपत्र पर्दा राजमार्गमै क्षति पुग्न थालेको छ ।

झापाको चारआलीदेखि इलाम बजारसम्मको ७५ किलोमिटर क्षेत्रमा फाइबर बिच्छ्याउन एकैपटक नाला खोलेर त्यसै छोड्दा वर्षातले सडकमै क्षति पुगेको सडक डिभिजन इलामका प्रमुख अभिमान मुल्मिले बताउनुभयो ।

दुई वर्षमा सक्नेगरि अप्टिकल फाइबर बिच्छ्याउने काम कोइरन कम्पनीलाई नेपाल टेलिकमले गत आर्थिक वर्षमा ठेक्का दिएको थियो । काम गर्ने कम्पनीले राजमार्गको नाला खोलेर त्यसै छोड्दा सडकमा पानी सिपेज भइ भत्कीन थालेको छ । अप्टिकल फाइबर बिच्छ्याउँदा सडकमा पुग्ने क्षतिको नेपाल टेलिकमले मर्मत गर्ने नेपाल टेलिकमका प्रबन्धक अमलेन्द्र नारायण सिंहले बताउनुभयो ।

निर्माण कम्पनीको काम गर्ने म्याद एक वर्ष बाँकी रहेकाले सडकमा पुगेको क्षति र फाइबर बिच्छ्याउने काम चाँडै शुरु हुने नेपाल टेलिकामले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270