इलामका कृयशिल पत्रकार तिमसिना सहित दुई खेलाडी सम्मानित

इलामका कृयशिल पत्रकार तिमसिना सहित दुई खेलाडी सम्मानित

१० श्रावण, इलाम। सन्दकपुर गाउँपालिकाले पत्रकारिता तथा वृतचित्र निर्माण गरी प्रचारपसारमा महत्वपुर्ण योगदान दिएको भन्दै इलामका कृयशिल पत्रकार सुजन तिमसिनालाई सम्मान गरेको छ ।

नेपाल टेलिभिजनका इलाम सम्वाददाता समेत रहेका तिमसिनालाई निति कार्यक्रम तथा बजेट सार्वजनिक समारोहमा नगद १० हजार रुपँैया सहित सम्मान पत्रले सम्मान गरिएको हो ।

गत आर्थिक बर्ष २०७५/०७६ मा तिमसिनाको निर्देशनमा बनेको सन्दकपुर गाउँपालिकाको वृतचित्रले ‘विइ विल राइज फाउन्डेसन’को प्रतियोगितामा ‘मस्ट पोटेन्सियल डेस्टिनेशन अवार्ड’ पाउन सफल भएको थियो ।

त्यसैगरी १३औ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक बिजेता खेलाडी छिरिङ गुरुङ र कास्य बिजेता बिजय बुर्जालाई गाउँपालिकाले नगद सहित सम्मान गरेको छ । सन्दकपुर गाउँपालिका–५ जमुना निवासी नेपाली पुरुष फुटबल टोलीका डिफेन्डर छिरिङलाई ५० हजार र वडा नं ३ सुलुबुङका बुर्जालाई २० हजार सहित सम्मानपत्र प्रदान गरिएको हो ।

सन्दकपुर गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक समारोहका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले सम्मानित हुनेहरुलाई नगद सहित खदा र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर