नेपाल रेडक्रस सोसाईटीमाथि कारवाही गर्ने मन्त्री गुरुङको चेतावनी

नेपाल रेडक्रस सोसाईटीमाथि कारवाही गर्ने मन्त्री गुरुङको चेतावनी

१० श्रावण, काठमाण्डौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाल रेडक्रस सोसाईटीमाथि कावारही हुने अवस्था आएको भन्दै कारवाहीको चेतावनी दिनुभएको छ ।

नेपाल रेडक्रस सोसाईटीमाथि अर्बाैको चल–अचल सम्पत्ति हिनामिना गरेको आरोप लागिरहेका बेला मन्त्री गुरुङले नेपालको कानुनलाई नै चुनौति दिने काम गरेकाले रेडक्रसलाई कार्वाही गर्नैपर्ने अवस्था आएको पनि स्पष्ट पार्नुभएको हो ।

लायन्स क्लव अफ चन्द्रागिरी मण्डलाले काठमाडौंमा आयोजना एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘नेपालको कानुन नमान्ने, पारदर्शी ढंगले नचल्ने रेडक्रसजस्ता विवादित संस्थामाथि कार्वाही हुन्छ, एकीकृत सामाजिक विकास ऐन ल्याएर सामाजिक संघ, संस्थाहरुको हरेक गतिविधिलाई पारदर्शी र सुशासनयुक्त बनाईनेछ ।’

उहााले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न पनि सामाजिक संघ, संस्थाहरुलाई सचेत गराउनुभयो । जनताको हितमा केन्द्रित भई मुलुकको समृद्धिमा योगदान पुर्याउन चाहाने संघ, संस्थासँग मिलेर काम गर्न सरकार सदैव तयार रहेको मन्त्री गुरुङको भनाई थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर