महाधिवेशनको तयारीमा कांग्रेका नेताहरुः कृष्ण सिटौलाले सम्पर्क कार्यालय खोले

महाधिवेशनको तयारीमा कांग्रेका नेताहरुः कृष्ण सिटौलाले सम्पर्क कार्यालय खोले


९ श्रावण, काठमाण्डौँ । नेपाली कांग्रेको १४औं महाधिवेशन नजिकी रहँदा नेताहरुले आ–आफ्नै तयारीमा जुट्न थालेका छन् ।

सभापतिमा लड्नेगरि पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अभियान समेत सुरु गरेका छन् । उनले हिजोमात्रै काठमाडौंमा सम्पर्क कार्यालय खोलेको उनी निकटका नेता भीमसेनदास प्रधानले जानकारी दिए ।

प्रधानका अनुसार नेता सिटौला कसैको क्याम्पमा गएका छैनन । प्रधानले सिटौला १४औं महाधिवेशनको सभापतिको लागि सशक्त उम्मेद्धवार भएको जिकिर गरे ।

प्राईम टाईम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै प्रधानले भने–‘सिटौलजीको क्याम्पमा गगन थापा, प्रदिप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाँई, विभिन्न जिल्लाका सभापति, तारामान गुरुङ्गदेखि लिएर धेरै साथीहरू जोडिएका छन् । अहिले उहाँसँग धेरै समय छ, अधिवेशनको तयारीका लागि । अब उहाँ हिँड्नुहुन्छ, विभिन्न साथीभाइहरू सल्लाह गरेर उहाँले एउटा निर्णय लिनुहुन्छ । अस्ति पनि होटल येल्लोमा केही पत्रकारको बीचमा कार्यक्रम गर्नुभयो । पार्टीलाई एउटा भिजनरी नेतृत्व चाहिन्छ । पार्टीलाई अहिलेको अवस्थामा वामपन्थीसँग भिड्नसक्ने नेतृत्व चाहिन्छ भनेर उहाँले साथीभाइको बीचमा कुरा राख्नुभएको छ । घोषणा त पछि गर्नुहुन्छ । उहाँले अब तयारी गरेकोजस्तो अनुभूति मलाई पनि भइरहेको छ । घोषणा केही समयपछि होला । विस्तारै रूपरेखा तयार हुन्छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर