नेकपाको स्थायी समिति बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित

नेकपाको स्थायी समिति बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित

६ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवासमै बैठक सुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित रहेका छन् ।

स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक सुरु भएको बताउनुभयो ।

नेकपाभित्रको विवादका कारण यसअघि पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्रीको राजीनामाको माग भएपछि नेकपाभित्र विवाद चर्किँदै आएको छ ।

बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास हुँदै आएपनि हालसम्म सहमति जुट्न सकेको छैन भने ओली राजीनामा नदिने अडिग छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर