६ श्रावण, काठमाण्डौँ । आज(मंलवार) ११ बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मध्यान्न १ बजे सम्मका लागि सरेकोे छ ।
यसअघि आइतबार ११ बजे बस्ने तय भएको स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्ने जानकारी आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
स्रोतका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको कुराकानीपछि ११ बजेको बैठक २ घण्टा पछि सारिएको हो ।
नेकपामा आन्तरिक किचलो बढेपछि स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ । अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीभित्रको आन्तरिक किचलो बढ्दै गएको छ ।