२ श्रवण, मोरङ । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि आज छुराप्रहार भएको छ ।
छुराप्रहारबाट शक्त घाइते भएका कार्कीको नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विरातनगरमा उपचार भइरहेको जनाईएको छ । हाल उनी खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषीराज ढकालले जानकारी दिनुभएको छ ।
अध्यक्ष कार्कीलाई विहान ११ बजेको समयमा केराबारी–१० का भाले भनिने भुवन ठकुरीले चक्कु प्रहार गरेका थिए । घटनामा संलग्न ठकुरीले २०७६÷०७७ को असार मसान्तसम्म गाउँपालिकाको पटके ठेक्का लिएका थिए । साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि अध्यक्ष कार्कीमाथि छुरा प्रहार भएको प्रहरीले बताएको छ ।
ठकुरीले कार्कीलाई पटक–पटक चक्कु प्रहार गर्दा हात र टाउकोमा लागेको इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायव उपरीक्षक दिपक बरालले जानकारी दिनुभएको छ ।
चक्कु प्रहार पश्चात ठकुरीले सेकुरिटी गार्डको खुकुरी खोस्न खोजेका थिए, तर गार्डले आफ्नो कम्बरबाट खुकुरी खोस्न नदिएको प्रहरी बरालको भनाई छ । स्रोतको अनुसार हाल अध्यक्ष कार्कीको अवस्था सामान्य रहेको बताईएको छ ।