३१ असार, झापा । अविरल वर्षाका कारण झापामा आएको बाढीले बिस्थापित घर परिवारलाई आफ्नो घर फर्काउन सुरु गरिएको छ ।
झापाको झापा गाउँपालिका वाड नं ७ मदरगाछका १४ परिवारलाई र वाड नं १ मिलनबस्तीको ८१ विस्थापित घरधुरीलाई आआफ्नो घर फर्काइएको गाउँपालिका अध्यक्ष जयनाराण शालले जानकारी दिनुभयो ।
त्यसैगरी, शिवसताक्षी नगरपालिका १० सुकुम्बासी बस्तीका ९ विस्थापित परिवार मध्ये ५ परिवार अन्य छिमेकीकामा भाडामा बस्न थालेको र ४ परिवार अहिलेसम्म शुरक्षित स्थानको अस्थाई टहरामै बसिरहको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिनुभयो ।
गौरीगंज गाउँपालिका १ हाकलबाढीको ११ विस्थापपित मध्ये १० परिवार आआफ्नो घर पर्किसकेको र १ परिवार छिमेकीकै घरमा आश्रय लिइरहेको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो ।