माई नगरपालिकाको ७ औ नगरसभा सुरुः मेयर थेवेद्धारा निति तथा कार्यक्रम प्रस्तुत

माई नगरपालिकाको ७ औ नगरसभा सुरुः मेयर थेवेद्धारा निति तथा कार्यक्रम प्रस्तुत

१० असार, इलाम । माई नगरपालिकाको ७ औ नगरसभा आजबाट सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखाको सभाहलमा सुरु भएको नगरसभाको पहिलो दिन आगामी आर्थिक बर्ष २०७७÷७८ को लागि मेयर दिपककुमार थेवेले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

निति तथा कार्यक्रमको सम्वन्धमा आज ५ जनाले आफनो धारणा राखेका छन् । उनीहरुले नगर क्षेत्रमा रहेको खाली जग्गालाई कोरोनाको संकटको अवस्थामा कुनै पनि संस्था वा सहकारीलाई समयावधि तोकेर लिजमा दिनुपर्ने सुझाव दिएका थिए ।

आज नै भवन निर्माण तथा नक्सा पास सम्वन्धि विधेयक पनि प्रस्तुत गरिएको छ । उक्त प्रस्ताव राजस्व परार्मश समितिका सदस्य मुखराज आङ्दाम्बेले प्रस्तुत गर्नुभएको थियो । आङ्दाम्बेले प्रस्तुत गर्नुभएको विधेयकलाई वडा नं १० का अध्यक्ष मनबहादुर बस्नेतले सर्मथन गर्नुभएको थियो ।

उक्त विधेयक नगरसभाले पारित गरेपछि आगामी श्रावण १ गतेबाट लागु हुने प्रशासकिय अधिकृत नविन पौड्यालले जानकारी दिनुभयो । विधेयक लागु हुन सुरु भएपछि नगर क्षेत्रमा अब बन्ने भवनहरु नक्सा पास नगरी निर्माणमा रोक लगाइने भएको छ । नगरको आगामी सभा अउदो असार १८ गतेका लागि तय गरिएको बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर