१० असार, इलाम । इलामको सूर्याेदय नगरपालिकाले १ अर्ब बढीको बजेट नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक वर्ष ०७७/७८ का लागि रु १ अर्ब १७ करोड १० लाख ३८ हजार बराबरको बजेट प्रस्तुत गरेको हो ।
नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकास तर्फ रु ३३ करोड ६९ लाख २३ हजार, सामाजिक विकास तर्फ रु ४२ करोड चार लाख चार हजार रुपैया रहेको छ । त्यस्तै आर्थिक विकास तर्फ रु २० करोड ४३ लाख ९८ हजार र सुशासन अन्तर निहित क्षेत्रमा रु ७ करोड ३८ हजार २० हजार रहेको छ ।
प्रस्तुत गरिएको बजेटमध्ये पूजीगत खर्च रु ५८ करोड ५० लाख ८४ हजार र प्रशासनिक खर्च रु ५८ करोड ५९ लाख ५३ हजार रहेको नगरपालिकाका मेयर रनबहादुर राईले जानकारी दिनुभयो ।
नगरपालिकाले प्रस्तुत गरेको बजेटमा विकास बजेट ४९ दशमलव ९६ प्रतिशत र प्रशासनिक खर्च ५० दशमलव ४ प्रतिशत जनाईएकोे छ ।