माई नगरपालिकाकी नसा रोगी पौडेललाई आर्थिक सहयोग

माई नगरपालिकाकी नसा रोगी पौडेललाई आर्थिक सहयोग

८ असार, इलाम । इलामको माई नगरपालिका–१ कि नसा रोगी डिल्लिमाया पौडेललाई विदेशमा रहेका युवाहरुले आर्थिक सहयोग गरेका छन् ।

स्थानिय युवा बिरु लिम्बुको अगुवाइमा कतारमा कार्यरत लोचन कटेल र साइप्रसमा कार्यरत दोमना लिम्बुबाट १७ हजार ११ रुपैया पौडेलको उपचारको लागि हस्तान्तरण गरिएको हो ।

पैडेल विगत नौ महिना देखी नसाको रोगका कारण घरमा नै थलिएर बसेकी छिन् । उनको हात खुट्टा र कम्मर देखि उदो चल्दैन । आर्थिक समस्याका कारण उनी उपचारका लागि कहीँ जान समेत सकेकी छैनन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर