झापा कारागारको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई

झापा कारागारको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई

५ आश्विन, झापा । झापा कारागार भद्रपुरको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिईएको छ ।

कारागारको सुरक्षामा खटिदै आएका नेपाल प्रहरीलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अन्यत्र खटाइएपछि कारगारको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको हो ।

चारालीस्थित नयाँ श्रीनाथ गणबाट खटिएका सेनाले कारागारको सुरक्षाको जिम्मा लिएको बताइएको छ ।

भारतसँगको सीमा नाकामा हुने भीड नियन्त्रण तथा क्वारेन्टाईनको सुरक्षामा प्रहरी केन्द्रित भएकोले कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समिति अन्तर्गत बाहिरी सुरक्षा सेनाले गर्ने र प्रहरीले आन्तरिक अत्यावश्यक काम समन्वय गरी मिलाइने नयाँ श्रीनाथ गणका कर्णेल अमरजगं थापाले बताउनुभयो ।

हाल कारागारमा १ हजार १४० जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर