धनकुटाकी मृगौला पिडीत लक्ष्मी वर्देवालाई आर्थिक सहयोग

धनकुटाकी मृगौला पिडीत लक्ष्मी वर्देवालाई आर्थिक सहयोग


२ आश्विन, धनकुटा । दुवै मृगौला फेल भएर आर्थिक अभावका कारण उपचार गराउन नसकिरहेकी धनकुटा–१ हिलेकी मृगौला पीडित एक किशोरीलाई मंलवार आर्थिक सहयोग प्रदान गरिएको छ ।

धनकुटा–१ हिले स्थायी घर भई हाल युके आर्मीमा कार्यरत श्यामसुन्दर योञ्जन तामाङ्ग, सुवास मोक्तान, दिपेन गुरुङ्ग र सुजन मोक्तान लगायतको पहलमा रु २ लाख ६० हजार रुपैँया जम्मागरी मृगौला पीडित २१ वर्षकी लक्ष्मी वर्देवालाई सहयोग स्वरुप प्रदान गरिएको हो ।

सहयोग रकम धनकुटा नगरपालिका वडा–१ का वडाध्यक्ष निरेन तामाङ्ग, वडा सदस्य लालचन गोङ्गवा, क्षेत्रीय होटल एशोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट, स्थानिय मानवहादुर विक लगायतको उपस्थितीमा हिले वुद्धचोकमा विरामी किशोरीलाई प्रदान गरिएको थियो ।

उल्लेखित रकम मध्ये नगद १० हजार पीडित किशोरीको व्यक्तिगत खर्चका लागि किशोरीलाई नै प्रदान गरिएको छ ।

बाँकी २ लाख ५० हजार रकम किशोरीको दिदीको नाममा लक्ष्मी बैंकमा रहेको खातामा जम्मा गरिएको वडाध्यक्ष निरेन तामाङ्गले वताउनुभयो । बैंकमा जम्मा गरिएको रकम पीडित किशोरी उपचारका लागि मात्र खर्च गर्नेगरी राखिएको उहाँले वताउनुभयो ।

आफुलाई सहयोग गर्नुहुनेहरुप्रति पीडित किशोरीले धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर