प्रहरीसंग भिड्न तयार भएर आजदेखि व्यवसायमा फर्कन्छौः उद्योगी–व्यवसायी

प्रहरीसंग भिड्न तयार भएर आजदेखि व्यवसायमा फर्कन्छौः उद्योगी–व्यवसायी


२२ जेष्ठ, काठमाण्डौँ । उद्योगी व्यवसायीहरुले आजदेखि लकडाउनलाई थप अबज्ञा गर्ने घोषणा गरेका छन् । पछिल्ला केहीदिन देखि विभिन्न ठाउँमा सानो सानो मात्रामा अबज्ञा गर्दै आइरहेका व्यवसायीहरुले आजदेखि भने ठूलो मात्रामा बजार पसलहरु खोल्ने बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आजदेखि देशभरका पसलहरु खोल्न आह्वान समेत गर्नुभएको छ । उहाँले पसलहरु खोल्ने क्रममा प्रहरीसँग झडप हुने संभावना रहेकाले व्यवसायीहरुको तर्फवाट पनि तयारी गरिएको दाबी गर्नुभएको छ । ‘सरकारले समयमै कर तिर्न लगाउने अनि कोरोना नियन्त्रणका लागि लकडाउनमा मात्र लगाउने ? यस्तो तरिकामा हामीले कसरी कर तिर्ने ?’ उहाँले भन्नुभयो ।

राज्यसंग भुडभेडसमेत हुन सक्ने बताउदै उहाँले तयारीका साथ व्यवसायी आफ्नो पेशामा फर्कने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘देशभरी मुडभेड हुन सक्छ, व्यवसायीले पनि तयारी गरेका छन् जवाफ दिन हामी तयार छौँ ।’

सरकारले कोरोना नियन्त्रण गर्न नसकेको तर लकडाउन मात्रै थप्ने काम भइरहेकाले व्यवसायीहरु अवज्ञा गर्न बाध्य रहेको उहाँको भनाई छ । यसअधि राजधानीको मुटु मानिने दरवार मार्गका व्यवसायी तथा चावहिल–जोरपाटि क्षेत्रका व्यापारीले समेत बुधबारदेखि व्यवसायमा फर्कन पाउँनु पर्ने मागसहित प्रर्दशनमा उत्रिएका थिए ।

जनस्तरबाट लकडाउनको मोडालिटी परिवर्तन गरिनुपर्ने चर्काे आवाज उठ्न थालेसँगै सरकारले तहगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी थालेको छ । त्यसको तयारीस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार(हिजो) विभिन्न क्षेत्रका विज्ञसँग छलफल समेत गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर