१९ जेष्ठ, काठमाण्डौँ । हामी जेष्ठ १५ लाई गणतन्त्र दिवसका रूपमा मनाउँछौं । वैधानिक रूपमा २०६५ जेष्ठ १५ गते नेपालमा गणतन्त्र स्थापनाको घोषणा गरिएको थियो । तर, भावनात्मक रूपमा मेरो लागि २०५८ जेठ १९ को रात नै राजतन्त्र सक्किएको थियो ।
त्यो कालरात्रि हामी नेपालीहरूका लागि सधैं दुर्भाग्यपूर्ण र दुःखद स्मरण भएर रहेको छ, रहने छ ।
त्यस बेला दिवंगत हुनेमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन लगायत वीरेन्द्रका दिदीहरू शान्ति सिंह र शारदा शाह, भिनाजु कुमार खड्गविक्रम शाह लगायत दस जना शाही परिवार र नातेदार थिए। दिपेन्द्रले सनकमा पारिवारिक जमघटबीच गोली चलाएर त्यो बितण्ड मच्चाएको मानिन्छ ।
अहिलेजस्तो सामाजिक सञ्जाल र इन्टरनेटको बिगबिगी थिएन । मोबाइल फोनको पहुँच पनि सीमित रहेका बेला मेरो घरमा मध्यराततिर फोन बज्यो । दरबार हत्याकाण्डबारे सुनेर म अचम्म र स्तब्ध भएँ ।
हो–होइन यकिन गर्न चिनजानका पत्रकार र दरबारनिकट साथीहरूलाई फोन गर्दागर्दै रात कट्यो ।
घटनाको विस्तृत विवरण थाहा नभए पनि अनिष्टको संकेत सबैतिरबाट आउन थाल्यो । बिबिसी टेलिभिजनमा समाचार स्क्रोल हुन थालिसकेको थियो । बिहान नेपालको आधिकारिक समाचारका लागि रेडियो नेपाल खोलेँ । रेडियोमा शोकधुन बज्न थालिसकेको थियो । सात बजेको समाचार कुरेँ, समाचार नै बजेन । आठ बजेको अंग्रेजी समाचार कुरेँ । शोकधुन मात्र बजिरह्यो ।
त्यत्तिकैमा हाम्रा साथीहरूको एउटा वृत्तमा कुमार खड्गविक्रम र अधिराजकुमारी शारदा पनि परेको खबर घुम्न थाल्यो । मृतक र घाइतेहरू छाउनीस्थित सैनिक अस्पतालमा राखिएको खबर सुन्नेबित्तिकै म छाउनीतिर लागेँ । कुमार खड्गका छोरा दिवस शाह हाम्रा नजिकका मित्र थिए ।
छाउनी अस्पतालको गेट बन्द थियो । भित्र छिर्न पनि निषेध । एक–दुइटा फोन गरेपछि मलाई भित्रबाट कोही लिन आए ।
म अस्पताल पुगेको केही छिनमा हेलिकप्टर ल्यान्ड गर्याे । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र ओर्लिए । राजपरिवार एवं शाही नातेदारहरूको बाक्लो उपस्थिति भइसकेको थियो ।
भित्र अरू केही साथीहरू भेट भए । हामी सबै साथीहरू दिवससँगै बस्यौं । के भएको, कसरी भएको यकिनसाथ भन्ने कोही थिएनन । सबै स्तब्ध थिए ।
केही घन्टा त्यहाँ बसेपछि शवहरूलाई अन्तिम दर्शनका लागि अस्पतालकै प्रांगणमा ल्याउने र त्यहाँबाट शवयात्रा चलाउने कुरा सुन्यौं ।
सबैका आँखा अस्पतालको चउरमा सेनाले उठाएको पालतिर गयो । केही क्षणमा शवको लश्कर लाग्यो ।
दरबारको मर्यादाअनुरुप शवहरू क्रमबद्ध राखिएका थिए । केही क्षण अघिसम्मका राजारानी त्यहाँ शव भएर शान्त मुद्रामा लम्पसार थिए । उपस्थित सबैले शवको दर्शन गरेपछि शवयात्राको क्रम सुरू भयो ।
शवयात्रा पनि मर्यादाक्रमअनुसार चलाइएको थियो । पहिले राजा अनि रानी, त्यसपछि अधिराजकुमार अनि क्रमशः अरू ।
राजारानीको शवयात्रा निस्केपछि हामी अधिराजकुमारी शारदा र कुमार खड्गविक्रमका शवसँगै कमलादीस्थित शारदा सदन पुग्यौं ।
साँझ पर्न लागेको थियो। त्यहाँ पुगेर हामी पशुपतिको खबर कुरेर बस्यौं ।
मर्यादा क्रमअनुसार पशुपति आर्यघाटमा शवहरूको लाइन थियो । विशेष परिस्थिति व्यवस्थापन गर्न आर्यघाटको १ नम्बर र २ नम्बर चिताको बीचमा अर्काे एउटा अस्थायी चिता बनाइएको थियो । राजा वीरेन्द्र १ नम्बर चितामा र बाँकी दुइटामा रानी ऐश्वर्य र अधिराजकुमार निराजन जलाइए ।
हरेक शवको अन्तिम संस्कारका लागि सेनाको सम्मान गारद फरक थियो ।
पहिलो खेपको काम सुरू भएको खबर आएपछि कमलादीबाट अधिराजकुमारी शारदा र कुमार खड्गविक्रमको शवयात्राको तयारी चल्यो । ढोकाबाट शव निकाल्न नहुने परम्पराअनुरुप पूर्वतिर पर्खालको एक भाग भत्काइएको थियो । त्यही पर्खालको बाटो निकालेर शवयात्रा पैदलै पशुपति लगियो ।
हामी मलामी पशुपति पुग्दा राजा, रानी र निराजनका चिता खरानी भइसकेका थिए । संस्कार भने सकिएको थिएन ।
सबैतिर आँखा डुलाउँदै गर्दा जलिरहेको चितासँगै भुइँको एउटा शवतिर मेरो आँखा पुग्यो । दुलहीझैं सिँगारिएकी थिइन, अधिराजकुमारी श्रुती ।
पच्चीस वर्षको कलिलो उमेरमा श्रीमान र दुई छोरी छाडेर चितामा जल्न प्रतीक्षारत यी अधिराजकुमारीले जिन्दगीमा सायदै कुनै कुराका लागि प्रतीक्षा गर्नुर्पयो होला । आज भने उनी चिताको अगाडि आफ्नो पालो कुर्दै थिइन् ।
दैवको लीला भनौं, पशुपति आर्यघाटमा उनी दोस्रो वा तेस्रो प्राथमिकतामा समेत परेकी थिइनन ।
उनी चिसो भुइँमा लम्पसार आफ्नो पालो कुरिरहिन । हामी उनीसँगै उनको पालो कुरिरह्यौं ।
कुर्दाकुर्दै मेरो मनमा ती शालीन राजकुमारीसँग जोडिएका केही एकतर्फी यादहरू खेल्न थाले ।
२०४६ सालतिरको कुरा हो । मेरो कावासाकी बजाज ब्रान्डको सय सिसीको मोटरसाइकल थियो । गाडा खरानी रंगको त्यो मोटरसाइकलको ब्लुबुकमा लेखिएको थियो– चारकोल ब्ल्याक ।
मेरा बाले त्यो मोटरसाइकल २०४५ सालमा किनिदिनुभएको थियो, करिब ३८ हजार रूपैयाँमा । त्यस बेला पाइने हिरो होन्डा, एस्कोर्ट यामाहा, इन्ड–सुजुकीका सय सिसीका बाइकमध्ये सबभन्दा स्टाइलिस्ट बाइक मलाई यही लाग्थ्यो ।
अरू सबै त बेस थियो, तर पेट्रोल रिजर्भमा गयो भने तुरुन्तै स्टार्ट गर्न समस्या हुन्थ्या े। सेल्फ स्टार्टर हुने कुरै भएन, मज्जाले किक हान्नुपर्ने । यो रोगले हामीलाई बारम् बार दुःख दिइ रहन्थ्यो ।
एकदिन म श्रीमती अल्का (त्यस बेलाकी गर्लफ्रेन्ड) लाई पछाडि राखेर दरबारमार्गको बाटो हुँदै लाजिम्पाटतिर जाँदै थिएँ । केशरमहल चोकमा मोटरसाइकल झ्याकभ m ्याक गर्दै रोकियो । म अल्कालाई ओरालेर किक हान्न थालेँ । मोटरसाइकल स्टार्ट हुने नामै लिएन ।
त्यही बेला पछाडिबाट अलि मोटो हर्न बज्यो । मैले वास्ता गरिनँ । फेरि हर्न बज्यो । म रिसको झोँकमा गाली गर्दै फनक्क फर्कें ।
त्यत्तिकैमा मेरो बायाँतिरबाट एउटा लामो कालो मर्सिडिज कार अघि बढ्यो । त्यस्ता गाडी चढ्ने मान्छे ठूलाबडा नै हुन्थे । अहिलेजस्तो छ्यापछ्याप्ती गाडी थिएनन् ।
मेरो मुख गाली गर्दागर्दै थामियो । हल्का कालोरङको सिसाभित्र मुमा बडामहारानी रत्नको आक ृति देखेँ।
म फ्रिज भएँ ।
उनी भने बेपरवाह अगाडि हेर्दै थिइन । उनीसँगै एक जना १२–१३ वर्षकी बच्ची मुख छोपेर खित्का छाड्दै थिइन, हामीलाई जिस् काएको भावमा ।
फोटो र टिभीमा प्रशस्तै देखेको भए पनि मैले ती बच्चीलाई प्रत्यक्ष देखेको त्यही पहिलोपटक थियो ।
मेरो स्मरणमा अधिराज कुमारी श्रुतीको पहिलो आकृति त्यही रह्यो– चञ्चल स्वभावकी, मेरो मोटरसाइकल बिग्रेको र म तर्सेको देखेर मुख छोपेर जिस्क्याउँदै गएकी ।
श्रुतीको स्कुले जीवन जावलाखेलस्थित सेन्ट मेरिजमा बित्यो । रानीको निर्देशनअनुरुप स्कुलमा उनलाई साधारण विद्यार्थीझैं व्यवहार हुन्थ्यो । उनी पनि सरल बालिका थिइन । साथीहरूले साधारण व् यवहार गरेको रुचाउँथिन ।
दरबार निकटका, सरकारी कर्मचारी वा सेनाका छोरीहरूले ‘सरकार’, ‘हजुर’ भनेर सम्बोधन गर्दा र झुकेर दर्शन गर्दा उनी भनिहाल्थिन, ‘छ्या के र्गया होला… आई हेट ड्याट के !’
‘श्रुती अत्यन्तै सरल, नम्र र भद्र स्वभावकी थिइन । वास्तवमै मनकी राजकुमारी । आँखैमा राखे पनि नबिझाउने,’ उनका सहपाठी प्रश ंसा भन्छिन्, ‘नम्रता र भद्रताको पाठ मैले उनीबाटै सिकेँ । सी वाज अ जेनुवेन ह्युमन बिइङ, सी वाज अ जेम अफ अ पर्सन ।’
एसएलसी दिएपछि श्रुती भारतको अजमेरस्थित मेयो कलेजमा पढिन । त्यसपछि पद्मकन्या क्याम्पसबाट साइकोलोजीमा स्नातक गरिन ।
श्रुतीको विवाह २१ वर्षको उमेरमा भएको थियो । सार्वजनिक जीवनबाट त्यसै पनि टाढा रहने उनी विवाहपछि त बाहिर कमै देखि न्थिन ।
२०५७ सालतिरको कुरा हो । म टिभी कार्यक्रम निर्माणको काम पनि गर्थें । म संलग्न यङ एसिया टिभीको चाख सामाजिक विषयवस्तुमा हुने गथ्र्याे । नेपालका धेरै सामाजिक संस्थाहरूसँग हाम्रो सम्पर्क र आवतजावत भइरहन्थ्यो ।
डिजिटल भिडिओको सुरूआती क्रममा हामी केही कार्यक्रम निर्माताहरू ‘वान म्यान टिम प्रोडक्सन’ मा प्रशिक्षित थियौं । कुनै कार्यक्रम खिच् न जाँदा म एक्लै जान्थ ेँ।
माइती नेपालबाट एउटा कार्यक्रमको निम्तो आयो, जसका प्रमुख अतिथि अधिराजकुमारी श्रुती थिइन ।
माइती नेपालमा हामीलाई चाहिनेजस्तो तीनदेखि पाँच मिनेटको रिपोर्ट निर्माण गर्न उपयुक्त विष् ायहरूको खानी नै हुन्थ्यो। त्यस्तै कुनै विषय टिपेर अधिराजकुमारीको अवलोकनको फुटेज जोडेर कार्यक्रम बनाउने सोचसहित म त्यहाँ पुगेँ ।
उनको सवारी भएदेखि फिर्ती नहुञ्जेल मैले उनलाई क्यामराले पछ्याएँ, एकदम नजिकबाट ।
स्वागत बेला उनको लजालु स्वभाव झलि ्करह्यो । उनी अप्ठ्यारो मान्दै भवन प्रवेश गरिन ।
माइती नेपालकी अनुराधा कोइरालाले उनलाई सबै देखाउँदै–बुझाउँदै घुमाएको दृश्य म क्यामरामा कैद गर्दै थिए ँ। भारतबाट उद्धार गरिएका महिलाहरूप्रति उनको सहानुभूति र त्यहाँका बालबालिकाप्रति उनको ममता र स्नेह बीच–बीचमा उनले सोध्ने प्रश्नहरूबाट प्रस्ट महशुस हुन्थ्यो ।
मेरो स्मरणमा भएको त्यो चञ्चल बच्ची र ती लजालु युवती केही वर्षमै सहानुभूतियुक्त ममतामयी नारीका रूपमा रूपान्तरण भएको महशुस भयो मलाई। उनी आफैं पनि त आमा बनिसकेकी थिइन । त्यही आमाको ममतामयी स्वभाव माइती नेपालका बालबालिकासामु झलि ्करहेको थियो ।
यी यादहरू दिमागमा खेल्दै थिए, पानीको बाछिटाले म झस्किएँ ।
बाछिटाले हानेपछि म ओत खोज्दै आर्यघाटको पाटीभित्र पसेँ। त्यहाँबाट आँखा फेरि चिसो भुइँमा लम् पसार श्रुतीमा र्पयो । उनको उज्यालो अनुहारमा पानी परिरहेको थियो । निधारमा पानीका केही थोपा अडेका थिए । केही धर्साे भएर बगिरहेका थिए। गालामा पनि केही थोपा टल्किरहेका थिए ।
उनले जिन्दगीमा सायद कहिल्यै यसरी पानीमा रुझ्नुपरेन होला ! उनलाई छाता ओडाउने सुसारेहरू सधैं वरपर हाजिर हुन्थे होला ! आज खोई उनलाई छाता ओडाउने कोही ?
उनलाई रुभ mेको देखेर म आफू ओभानो बस्नु निरर्थक लाग्यो । पाटीबाट बाहिर आएँ र आफू पनि रुझेँ ।
मलाई कराउन मन लग्यो, ‘कोही मेरी राजकुमारीलाई छाता ओडाइदेऊ, रुझ्दै छिन् बिचरी !’
उनी जिन्दगीको अन्तिम संस्कारका लागि लाइनमा कुर्दै थिइन । मर्यादाक्रममा उनीभन्दा मा िथकाले सबै ध्यान खिचेको थियो । उनलाई माया गर्ने उनका पिता खरानी भइसकेका थिए ।
मर्यादाले जे भने पनि मानवीय हिसाबले सबभन्दा बढी प्रताडित थिइन् उनी । उनलाई हेर्दै उनले छाडेका दुई स–साना छोरीहरू सम्झेँ, २५ वर्षको जवानीमा छोड्नुपरेको जीवन सम्झेँ ।
यही सम्झँदै गर्दा पा नीले रुझेका मेरा आँखाबाट केही थोपा आँसु पानीमै मिसिन पुगेछ । मन कुँडिएछ ।
उनका पति कुमार गोरखशमशेर त्यही घटनामा घाइते भएकाले सायद अस्पतालमै थिए । मैले त्यहाँ देखि नँ । बच्चाहरू सानै भएकाले घाट आउने कुरै भएन ।
उनी एक्ली थिइन । नितान्त एक्ली ।
जन्मँदा कस्तो भाग् य को जन्म, मर्दा कस्तो अभागीको मरण !
हरेक भाइटीकाको दिन दिर्घायूको कामनासहित पुजेको आफ्नै दाइको हातको मरण । बालख सन्तानलाई टुहुरो पारी अँगाल्नु परेको मरण । राजाकी प्यारी छोरी, अधिराजकुमारी भएर पनि ओझलमा पर्न गएको त्यो मरण । चितामा जल्न रुझ्दै कुर्नुपरेको मरण ।
श्रुतीको त्यो रुझेको उज्यालो अनुहार आज पनि मेरो स्मृतिमा छ । पहिलो तीन पलका सम्झनाभन्दा प्र गाढ छ यो चौथो पलको अन्तिम दृश् य ।
आज १९ वर्ष पूरा भएछ । त्यो चौथो पलको अनुभूति अझै ताजा छ ।
-सेतोपाटी