अखिल इलामका संयोजक पराजुली र केन्द्रिय सदस्य सुवेदीलाई कारवाहीको माग, ५४ नेताले पठाए केन्द्रलाई चिठी

अखिल इलामका संयोजक पराजुली र केन्द्रिय सदस्य सुवेदीलाई कारवाहीको माग, ५४ नेताले पठाए केन्द्रलाई चिठी

१६ जेष्ठ, इलाम । अनेरास्ववियू इलाम जिल्ला कमिटीका संयोजक प्रवेश पराजुली र केन्द्रिय सदस्य रविन्द्र सुवेदीलाई कारवाहीको माग सहित इतर समुहका अनेरास्ववियू इलामका नेताहरुले केन्द्रिय कमिटीलाई पत्र पठाएको छ । अनेरास्ववियूका केन्द्रिय सदस्य शन्धिभक्त शंकर, केन्द्रिय निर्वाचन आयोग सदस्य ईश्वरी तामाङ, जिल्ला सह–संयोजक विपिन पोख्रेल लगायत जिल्लाका ५४ जना अशन्तुष्ट विद्यार्थी नेताहरुले पत्र मार्फत कारवाहीको माग गरेका छन् ।

पत्रमा संयोजक पराजुली र केन्द्रिय सदस्य सुवेदीले संगठनको विधान विपरीत एकतामा नै आँच आउने गरी एकल ढंगबाट संगठनको गतिविधी संञ्चालन गरेको आरोप लगाईएको छ । “नेपाल सरकारले ऐतिहासिक रुपमा जारी गरेको नक्साको विषयलाई लिएर संगठनका केन्द्रिय सदस्य रविन्द्र सुवेदी र संगठनका जिल्ला संयोजक प्रवेश पराजुली लगायत अन्य ७ जना कमरेडहरुको औठाछाप भएको मोदीलाई रगतले लेखेको चिठ्ी हामीले फेसवुकमा देख्यौँ ।” पत्रमा लेखिएको छ–“तर संगठनकै केन्द्रिय सदस्य शन्धिभक्त शंकरले तयारीका साथ सबै साथीहरुलाई सभागी गराएर गरौँ भन्दा भन्दै छद्म शैलीमा एकतालाई लत्याएर सदरमुकाममा नै रहनुहुने अन्य कमरेडहरुलाई थाहा नै नदिई गरिएको यो कार्य निन्दानीय रहेको छ । संगठनको विधी र पद्तीलाई नै लत्याएर गरिएको यस गतिविधीका नेतृत्वकर्ताहरुलाई कारवाहीको माग गर्दछौँ ।”

यस्तैगरी संगठनको विधान र एकताको मर्म विपरित साविक अनेरास्ववियुका जिल्ला कमिटी कोषाध्यक्ष विप्लव थापाले संगठनको आधिकारीक फेसबुक ग्रुपमा स्टाटस पोष्ट गरेको भन्दै सोही पत्र मार्फत कारवाहीको माग पनि गरिएको छ । थापाले “पार्टी एकता गरेर माओवादीका छापामार विद्यार्थी नाम गरेकाहरुलाई चाई नमिसाउन मिल्दैन ? संगठन कै ईज्जत फालिसके” भन्दै स्टाटस पोष्ट गरेका थिए ।

अनेरास्ववियूका संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङलाई सम्वोधन गरेर लेखिएको पत्रमा तत्कालिन अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी) दुबै तर्फका ५४ जना जिल्ला नेताहरुको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270