११ जेष्ठ, झापा । मेची राजमार्ग अन्र्तगत इलामको देउमाइ नगरपालिका–१ राँकेमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।
राँके बजार छेउको चामु होटल नजिकै मोटरसाइकल र ट्रक आपसमा ठोक्किएको थियो । दुर्घटनामा परी आज दिउँसो १ः४० बजे प्रहरी हवल्दारको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चिलिङ्देन प्रहरी चौकी राँकेका प्रहरी हवल्दार अन्दाजी ३५ बर्षिय नवीन बस्नेत रहेको सोही कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
झापाबाट फिदिममा जाँदै गरेको मे १ ख १८६३ नम्बरको ट्रक र राँकेबाट इलाम तर्फ जादै गरेको मे ११ प ४६६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा हवल्दार बस्नेतको घटना स्थालमै मृत्यु भएको चिलिङ्देन प्रहरी चौकी राँकेले जनाएको छ । मृतको हवल्दारको शव जिल्ला अस्पताल इलाम लगिएको बताइएको छ ।
ट्रक र चालकलाई भने नियन्त्रणमा लिएको र थप विवरण आउँन बाँकी रहेको जनाएको छ ।