नक्सा सार्वजनिक गर्ने निर्णय पार्टीको हो, कसैको देवत्वकरण नगरौंः वामदेव गौतम

नक्सा सार्वजनिक गर्ने निर्णय पार्टीको हो, कसैको देवत्वकरण नगरौंः वामदेव गौतम

७ जेष्ठ, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुलुकको नयाँ नक्सा सार्वजनिक भएको विषयमा कुनै व्यक्तिको देवत्वकरण गर्न आवश्यक नभएको टिप्पणी गर्नुभएको छ ।

आज बिहान विज्ञप्ति जारी गरी उनले नक्सा सार्वजनिक हुनु पार्टीको सामूहिक निर्णयप्रक्रियाअनुसार भएको बताउनुभएको छ । ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ’ गौतमले भन्नुभएको छ ।

नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले सुरुदेखि नै पार्टीभित्र सशक्त विचार र जोडदार माग राख्दै आएको उहाँले बताृनुभएको छ ‘यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु’ गौतमले भन्नुभयो ।
अहिलेको सरकारको धेरै काम आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य भएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

सोमबार सरकारले लिम्पियाधुरासम्म भुभाग समेटेर नेपालको नक्सा पारित गरेको थियो । नक्सा पारित भएकोमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली निकटका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको उच्च प्रशंसा गरेका थिए ।

उपाध्यक्ष गौतमले ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले देशको नयाँ नक्सा सार्वजनिक गरेको समेत बताउनुभएको छ ।
समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी रहेको समेत उहाँले उल्लेख गर्नुभएको छ ।

‘सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ । हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ ।’

गौतमले जारी गरेको प्रेस नोट पत्रकार विश्वमणि सुवेदीले आफ्नो फेसबुकमा सार्वजनिक गरेका हुन्

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270