गुगलको नक्शामा विश्वको सर्वाेच्च शिखर ‘सगरमाथा’ चीन तर्फ

गुगलको नक्शामा विश्वको सर्वाेच्च शिखर ‘सगरमाथा’ चीन तर्फ

३ जेष्ठ, काठमाण्डौँ । चिनियाँ सञ्चारमाध्यमले विश्वको सर्वाेच्च शिखर ‘सगरमाथा चीनमा पर्छ’ भनी प्रचार गरेलगत्तै गुगलको नक्शामा सगरमाथा चीनतर्फ देखिएको छ । गुगलको नक्शामा सगरमाथा नेपालबाट हटाइएको छ । चुचुरो चीनतर्फ स्पष्ट देखाइएको छ ।

गुगलको नक्शामा माउन्ट एभरेष्ट खोजेर हेर्नुहोस् । यसको संकेत चीनतर्फ देखाउँछ । सगरमाथा नेपालको भुभागबाट हटेर चीनतर्फ देखिनुलाई गम्भीर रुपमा लिइएको छ ।

यसअघि चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले सगरमाथा चीनमा पर्छ भनी प्रचार गरेको थियो । ट्वीटर पेजमा यसलाई राखेपछि सर्वत्र आलोचना भएको हो । लगत्तै उक्त टेलिभिजनले ट्वीटर पेजबाट सच्याएर चीन–नेपाल सीमामा पर्छ भनी उल्लेख गरेको थियो । वास्तवमा सगरमाथा नेपालमा पर्छ । चीनले विस्तारै यसमा दाबी गर्ने योजना बनाएको संकेतहरु देखिनथालेको छ ।

नेपाली भुमि लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रलाई भारले अतिक्रमण गरेर स्वेच्छाले सडक निर्माण गरेको विषयमा देशभरी सर्वत्र विरोध भईरहेका समयमा चिनले पनि विस्तारवादी शैली अपनाउनु निकै दुखद र खेद जनक व्यवहार रहेको विज्ञहरुको भनाई छ । यसलाई सरकारले चाडै नै वार्ताको माध्यमबाट सच्याउनु पर्ने देखिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर