झापा र सुनसरीबाट दुई जना लागूऔषधका कारोवारी पक्राउ

झापा र सुनसरीबाट दुई जना लागूऔषधका कारोवारी पक्राउ

३ जेष्ठ, झापा । झापाको गौरीगञ्ज र सुनसरीको कोशी गाँउपालिकाबाट दुई जना लागूऔषधका कारोवारी पक्राउ गरेका छन् । प्रदेश–१ प्रहरी कार्यालय ईटहरीका अनुसार झापाको शिवसताक्षी ४ बुलुचौकका ३५ बर्षीय रामबहादुर बिकलाई गौरीगञ्जबाट गएराती पक्राउ गरिएको हो ।

राती ९ बजे तिर विकलाई गौरीगञ्ज १ रंगेयथानमा शंकास्पद गतिविधिमा हिडिरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट ७० ग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उता सुनसरी कोशी गाँउपालिका ६ श्रीपुरजव्दीका २६ बर्षीय रुपेश झा २५ बोतल लागुऔषध डाईलेक्स डिसिसहित पक्राउ परेका छन् । हिजोबेलुका साढे ७ बजे तिर को १३ प ७६५४ नम्बरको मोटरसाईकलमा आएका झालाई सोहि स्थान नजिकबाट चेकजाँचका क्रममा सो परिणामको प्रतिवन्धित लागूऔषध सहित पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेका दुबैजना माथि थप अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यलय ईटहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर