सुनसरीमा लकडाउन उल्लघंन गर्नेलाई कोरोना कक्षा

सुनसरीमा लकडाउन उल्लघंन गर्नेलाई कोरोना कक्षा

२ जेष्ठ, सुनसरी । सुनसरीको इनरुवामा लक डाउन उल्लंघन गर्दे घर बाहिर निस्कनेलाई कोरोनाबाट बच्ने उपायको बारेमा कक्षा दिन सुरु गरिएको छ ।

आज मात्र इनरुवाका एक सय बढीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर कोरोनाबाट बच्ने उपायको बारेमा कक्षा दिएर छाडेको जनाएको छ ।

विहानको समयमा मर्निङ वाकमा निस्कने, अत्यावश्यक बाहेकका सरसामान किन्न बजार निस्कने उनीहरुलाई कोरोना सम्वन्धी कक्षा दिएर केही बेर अधिमात्र छाडिएको प्रहरीले जनाएको छ ।

विहानको समयमा पक्राउ गरी छाडिएकाहरुलाई प्रहरीले सचेतना कक्षामा सहभागी गराएर आइन्दा लक डाउन उल्लंघन नगर्ने सर्तमा छाडेको सुनसरी प्रहरीले जनाएको छ ।

यदी उनिहरुले पूनः लक डाउन उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कार्वाहीको प्रकृयामा लैजाने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर