माङसेबुङमा सन्दुक रुइतको उपस्थितिमा आजदेखि आँखा शिविर सञ्चालन हुदैँ

माङसेबुङमा सन्दुक रुइतको उपस्थितिमा आजदेखि आँखा शिविर सञ्चालन हुदैँ


इलाम । इलामको माङसेबुङमा नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा आजदेखि चारदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । मङ्सिर ४ गतेसम्म हुने शिविर आज माङसेबुङ गाउँपालिका कार्यालयमा सुरु हुँदैछ । आज उद्घाटन र बिरामी जाँच हुनेछ । मङ्सिर २ देखि ४ गतेसम्म माङसेबुङ गाउँपालिका(५ स्थित भालुटारमा शल्यक्रिया शिविर सञ्चालन हुने भएको हो ।

माङसेबुङ गाउँपालिकाको सहयोगमा किरात चोत्लुङ अङ्सी माङ्गेन्न सेवा समितिको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान, काठमाडौँको प्राविधिक सहयोगमा शिविर सञ्चालन गर्न लागिएको हो ।

शिविरमा डा.रुइत स्वयं उपस्थित हुनुहुनेछ । शिविरका क्रममा आँखाका बिरामीको परीक्षण गरी मोतिबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।

उनका अनुसार आँखासम्बन्धी समस्या भएका सर्वसाधारणलाई शिविरमा सहभागी भई सेवा लिन आयोजकले अनुरोध गरेको छ ।

शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई उनीहरुका घरबाट भालुटारसम्म पुर्‍याउन र ल्याउन माङसेबुङ गाउँपालिकाले सहयोग गर्ने भएको छ । त्यसका लागि गाउँपालिकाले यातायातको व्यवस्था गरेको गाउँपालिकाका कर्मचारी युवराज दाहालले जानकारी दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर