देशभरका बैंक तथा वित्तिय संस्थाहरु आईतवार देखी खुल्दै

देशभरका बैंक तथा वित्तिय संस्थाहरु आईतवार देखी खुल्दै

२७ वैशाख, काठमाण्डौँ । कोरोना भाइरस संक्रम रोकथामका लागि जारी लकडाउनका कारण सिमित शाखा मात्रै खोलेको बैंक तथा वित्तिय संस्थाले आइतबारदेखि देशभरका शाखा खोल्ने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार देशभरका शाखाहरु खुल्ने भएको जनाइएको छ ।

सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाले हिजो शुक्रबारदेखि नै अधिकाङ्स शाखा सञ्चालन गर्न सुरु गरिसकेका छन् ।

सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्न पनि सक्ने छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर