चुलाचुलीमा जंगली बादरको आतंक बढ्दो, किसान चिन्तित

चुलाचुलीमा जंगली बादरको आतंक बढ्दो, किसान चिन्तित

इलाम । चुलाचुली गाउँपालिका–५ मा पछिल्लो समय जंगली बादरको आतंक बढ्दै गएको छ । बादरले खेतीबालीमा व्यापक क्षति पुर्‍याउन थालेपछि स्थानीय किसानहरू आजित बनेका छन् ।

स्थानीयका अनुसार बादरले बाँसको तामा, साना अनारसका चिचिला, कोरेसाबारीमा लगाइएका विभिन्न तरकारी तथा केराखेती पाक्नै नदिई खाइदिने गरेको छ । यति मात्र होइन, मकै फल्ने समयमा मकैका घोगा सखाप पार्ने र धान पाक्ने बेला बाला नै सुर्क्याएर खाने गरेका कारण किसान आजित छन ।

चुलाचुली–५ की स्थानीय तारा राईले जंगली बादरका कारण खेतीपाती जोगाउन निकै कठिन भएको बताइन् । “लगाएको बाली मज्जाले पाक्न पाउदैन, बादरले बारिमै नोक्सान गरिदिन्छ,” उनले भनिन्।

त्यस्तै, चुलाचुली–५ कै पर्वत राईले पछिल्लो समय क्षेत्रमा जंगली बादरको संख्या उल्लेख्य रूपमा बढेको र आतंक पनि चुलिँदै गएको बताए । उनका अनुसार किसानले दिनरात बाली कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ।

स्थानीयहरूले जंगली बादर नियन्त्रण तथा किसानको खेतीबाली संरक्षणका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया:

सम्बन्धित खवर