
३१ असार, इलाम । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ) डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा लिएको छ ।
अख्तियारका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा कारबाही गरिएको हो ।
आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले बुधबार झापाको दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिईरहेको अवस्थामा खड्कालाई रंगेहात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता शुरेस न्यौपानेले बताए ।
घटनाबारेमा थप अनुसन्धान जारी रहेको उनले जनाएका छन ।





सूचना विभाग दर्ता नंः १८२३/०७६-७७