झापा–इलाम सडक सम्पर्क टुट्यो, वैकल्पिक मार्ग पनि समस्याग्रस्त

झापा–इलाम सडक सम्पर्क टुट्यो, वैकल्पिक मार्ग पनि समस्याग्रस्त

२६ असार, इलाम । लगातार वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडक बग्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सेवा ठप्प बनेको हो।
सडक अवरुद्ध भएपछि झापाबाट इलाम तथा इलामबाट झापा आउने–जाने सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्। दैनिक उपभोग्य सामग्रीको ढुवानी समेत प्रभावित बनेको छ भने बिरामी र आपतकालीन सेवासमेत जोखिममा परेका छन्।
मुख्य राजमार्ग बन्द भएपछि प्रयोग गरिँदै आएको वैकल्पिक मार्गहरू समेत सुरक्षित छैनन्।
मेची करिडोर (केचना–कञ्चनजंघा सडक) अन्तर्गत पुवाखोलाको डाइभर्सन बाढीले क्षति पुगेको छ भने जोगमाई खोला हुँदै सिमलगोलाई -तिल्केनी जोड्ने सडक समेत हिलाम्मे बनेको छ ।

यसका कारण इलाम जिल्ला झापासँग सडक सञ्जालबाट लगभग विच्छेद हुने अवस्था सिर्जना भएको छ भने पाँचथर र ताप्लेजुङका यात्रु समेत प्रभावित भएका छन्।

प्रतिक्रिया:

सम्बन्धित खवर