
१३ असार, इलाम । रैथाने बाली मिडिया प्रवद्र्धन कार्यक्रमका लागि इलामको माङसेबुङमा आज मिडिया अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । माङसेबुङमा कृयशिल पत्रकारहरुको सहभागितामा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
रैथाने बालीको संरक्षण र सम्वद्र्धन गर्ने उदेश्यका साथ आयोजना गरिएको कार्यक्रम अन्तर्गत पत्रकारहरुले स्थानिय रैथाने बालीको बारेमा आलेख तयार गर्ने छन् । रैथाने बालीको महत्व, आवश्यक्ता र यसका संरक्षणको चुनौतीका बारेमा खोज, अध्यन तथा स्थलगत अनुगमन गरेर विस्तृत आलेख तयारपारी प्रकाशन तथा प्रचार–प्रसार गरिने कार्यक्रम रहेको कार्यक्रम संयोजक कमन देवानले जानकारी दिए ।
माङसेबुङ गाउँपालिका वडा नं. ४ को सभाहलमा ४ नम्बर वडाध्यक्ष नविन लिम्बुको प्रमुख आथिथ्यतामा सम्पन्न अनुशिक्षण कार्यक्रममा कार्यक्रम संयोजक कमन देवानले सहजीकरण गरेका थिए । त्यस्तै आयोजक संस्था इलाम मल्टीपर्पोज प्रा.लि.का संञ्चालक राम योङहाङले आलेखमा समेट्नुपर्ने बिषयबस्तुका बारेमा जानकारी गराएका थिए ।
रैथाने बाली मिडिया प्रवद्र्धन कार्यक्रम अन्तर्गत माङसेबुङ गाउँपालिकामा खेती गरिने कोदो, फापर, तरुल, अदुवा, बेसार, भटमास लगायत १० प्रकारका रैथाने बालीका बारेमा १० जना पत्रकारहरुले खोज अध्यन गरेर विस्तृतमा आलेख तयार गर्ने छन् ।
यस कार्यक्रमका लागि माङसेबुङ गाउँपालिकाले आर्थिक सहयोग गरेको आयोजक संस्थाले जनाएको छ ।





सूचना विभाग दर्ता नंः १८२३/०७६-७७