
७ बैशाख, झापा । भारतको पश्चिम बंगालमा हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गर्दै झापासँग जोडिएका नेपाल–भारत सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार भारतको दार्जिलिङ जिल्लामा आगामी २३ अप्रिल २०२६ मा मतदान हुने भएकाले सीमा क्षेत्रमा कडाइ गरिएको हो।
सूचनाअनुसार २० अप्रिल साँझ ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म झापासँग जोडिएका सबै सीमा नाकाबाट मानिस र सवारी साधनको आवतजावत रोक लगाइनेछ। यस अवधिमा नेपालबाट भारत तथा भारतबाट नेपाल प्रवेशमा प्रतिबन्ध रहने प्रहरीले जनाएको छ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७