इलाम २ मा एमालेको ३ दशकयताको विरासत जोगाउन सुहाङ सफल

इलाम २ मा एमालेको ३ दशकयताको विरासत जोगाउन सुहाङ सफल

इलाम । इलाम क्षेत्र २ मा नेकपा (एमाले) आफ्नो ३ दशकयताको विरासत जोगाउन सफल भएको छ । एमालेका युवा केन्द्रीय सदस्य सुहाङ नेम्बाङ यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

भर्खरै सकिएको मतगणनामा नेम्बाङ २२ हजार ४ सय २६ मतसहित विजयी भएका हुन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यको १४ हजार ६ सय ५० मत आचार्यको मत आएको छ । श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४ सय मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले ७ हजार ८ सय १४, नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १,१७२ मत ल्याएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर