चुलाचुली १ को निङ्कोक्मा डाँडामा साहित्य कार्यक्रम सम्पन्न

चुलाचुली १ को निङ्कोक्मा डाँडामा साहित्य कार्यक्रम सम्पन्न

इलाम । चुलाचुली गाउपालिका वडा नम्बर १ स्थित निङ्कोक्मा (कुशेडाँडा)मा प्रकृतीसँग साहित्य कार्यक्रम सम्पन्न भएको छ । स्थानिय पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने ध्येयका साथ माघ २४ गते शनिवार कुशेडाडामा साहित्य कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो ।

बिगत १ वर्ष देखी निरन्तर श्रमदान मार्फत उक्त क्षेत्रको संरक्षण तथा बिकासको कामहरु भईरहेको निङ्कोक्मा पर्यटकिय स्थल संरक्षण समितीले जनाएको छ । श्रमदानको वार्षिक उत्सब कार्यक्रमसँगै प्रकृतीसँग साहित्य कार्यक्रम पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।

निङ्कोक्मा पर्यटकिय स्थल संरक्षण समितिका संयोजक दिलिप खजुमको अध्यक्षता तथा चुलाचुली गाउपालिकाका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यता साहित्य कार्यक्रम भएको थियो । कार्यक्रममा गाउपालिका उपाध्यक्ष दिल कुमारी लावतीसंगै गाउपालिका अन्य जनप्रतीनिधी, समाजसेवी, बुद्धिजिवी, साहित्यिक सर्जकहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा निङ्कोक्मा पर्यटकिय स्थलको बिकास र संरक्षणका लागी स्थानिय तहका प्रमुख उपप्रमुख, जनप्रतिनिधीहरुलाई संयुक्त रुपमा आयोजकले ज्ञापन पत्र समेत बुझाएका थिए ।

निङ्कोक्मा पर्यटकिय स्थललाई स्थानियहरुले कुसेडाडा समेत भन्ने गरेका छन् । बस्तीबाट झन्डै एक किलोमिटर माथी बिशाल बरको रुख रहेको र सोही स्थानलाई मुख्य दृश्यावलोकनको स्थान बनाउदै पर्यटकिय स्थलको रुपमा यस क्षेत्रलाई संरक्षण र प्रवद्र्धनको काम भईरहेको छ ।

यस स्थानबाट चुलाचुली गाउपालिकाको साथै झापाका बिभिन्न स्थानहरुको समेत सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर