२६ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले आज संसद्मा सरकार प्रती आक्रोश व्यक्त गर्नुभएको छ । रातारात सरकार पार्टी फोर्ने र सांसद् चोर्ने खेलमा लागेको भन्दै आक्रोश ब्यक्त गर्नुभएको हो ।
आजबाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्नुहुदै कोरोनाको कारण जनता समस्यामा परेका बेला सरकार भने आन्तरीक रुपमा कुर्सि जोगाउने खेलमा लागि परेको भन्दै अहिलेको दुई तिहाई नजिकको सरकारले दुई कौडीको काम पनि नगरेको उहाँले आरोप लगाउनुभयो । देशमा व्यप्त वाईड वडी काण्ड, निर्मला काण्ड, स्वास्थ्य सामाग्रीमा भ्रष्टचारको समस्याहरु यत्रतत्र रहे पनि सरकार भने कुर्सि जोगाउने खेलमा लागि परेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुयोः ‘सरकारले नेपालीका लागि ठूलो सरप्राईज दिने भन्यो, हामी नागरीकलाई ठूलो राहत प्याकेज पो ल्याउन लागेछ भनेर खुसी भएको त सरकार त पार्टी फोर्ने र सांसद् चोर्ने दाउमा पो लागेको रहेछ । हामीले पनि रातारात पार्टी एकिकरण गरेर सरकारलाई सरप्राईज नै दियौँ ।’
अर्को प्रसङमा बोल्दै महतोले नेपाल सरकारले कोरोना परिक्षणको दायरालाई बढाउनु पर्ने पनि बताउनुभयो । अहिले सम्म १०१ जनामा मात्र कोरोना संक्रमणको हुनु संका जनक रहेको पनि बताउनुभयो । ‘सरकारले कोरोनाको विरुद्धमा केही राम्रो काम गरेका छैन तर संक्रमीत संख्या त्यती मात्रै हुनु संका जनक छ ।’ उहाँले भन्नुभयो ।