बैंकको व्याजदर घटाउन सदनमा कुरा उठाउँछौंः सभापति देउवा

बैंकको व्याजदर घटाउन सदनमा कुरा उठाउँछौंः सभापति देउवा

२४ वैशाख, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउनले नेपालको अर्थतन्त्रलगायतका क्षेत्रमा ठूलो असर पुर्याएको बताउनुभएको छ । कांग्रेस संसदीय दलले आज पार्टी केन्द्रीय कार्यालयमा अर्थतन्त्रमा सरोकार राख्नेहरूसँग गरेको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

देउवाले भन्नुभयोः ‘विदेशमा रहेका नेपाली कामदारले रोजगारी गुमाएका छन् कतिपय देशले कामदार नेपाल फर्काइदिने भनिरहेका छन्, नेपालमा पर्यटक ठप्प छ । उद्योग, व्यापार कहिलेसम्म बन्द रहने टुंगो छैन ।’

कोरोनाले विश्वका अरू देशजस्तै नेपाल पनि अप्ठेरो अवस्थामा पुगेको देउवाले टिप्पणी गर्नुभयो । ‘विदेशबाट कामदार फर्केपछि समस्या बढ्ने देखिन्छ । भारतबाट पनि मानिसहरू नेपाल आउने क्रम जारी छ । रेमिट्यान्स अत्यन्तै कम हुने देखिन्छ । यसले हाम्रो बजेटमा पनि असर पार्छ ।’ उहाँले भन्नुभयो ।

यसको अलावा सभापति देउवाले उद्योगी, व्यवसायीले बैंकको व्याजदर घटाउन माग गरेको भन्दै यसबारे अर्थमन्त्री र प्रधानमन्त्रीलाई भेटेर कुराकानी गर्ने पनि बताउनुभयो ।

‘व्याजदर घटाउन सरकारलाई दवाव दिन्छौं,’ उहाँले भन्नुभयो, ‘सदनमा पनि कुरा उठाउँछौं ।’

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270