नेकपा सचिवालयको बैठक बस्दै, नेताहरु आ–आफ्नै गृह कार्यमा

नेकपा सचिवालयको बैठक बस्दै, नेताहरु आ–आफ्नै गृह कार्यमा

२४ वैशाख, काठमाडौँ । बिहीबार बस्ने स्थायी कमिटी बैठकको तयारीका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज तीन बजे बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको उक्त बैठकले स्थायी समितिका एजेण्डामाथी छलफल गर्ने जनाइएको छ । त्यसो त स्थाई समितीको बैठक बस्नु तिन दिन अधि (आईतबार) देखि नै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतालाई छुट्टा छुट्टै भेट गर्नुभएको छ ।

यो तीन दिनको अवधिमा प्रधानमन्त्रीले नै बालुवाटारमा बोलाएर शिर्ष नेताहरुलाई समेत फकाउन थालेको भन्ने कुरोहरु बाहिर आएको थियो । ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, विष्णु पौडेललाई बेग्लाबेग्लै बोलाएर फकाउन थालेको नेकपा स्रोतले जानकारी दिदै आएको थियो ।

स्थायी कमिटीको अजेन्डा तय गर्ने जिम्मेवारी पाएका दाहाल र विष्णु पौडेलले गत सोमबार माधव नेपालसंगसमेत भेटघाट गरेका थिए । उक्त भेटपछि मंगलबार दिउँसो ओलीले दाहाल, नेपाल र खनालसँग भेट गरी विवाद मत्थर बनाउने प्रयास समेत गरेको बुभिएको थियो ।

नेपाल निकटका नेताहरुले ओलीले सधैं पेल्ने गरेको र दाहालले पनि नेपाललाई छक्याएर धोका दिदै आएको बताएपछि दाहालले सोमबार नेपाललाई बेग्लै भेटेको समेत स्रोतको दाबी छ । अहिले दुवै पक्षका नेताहरु स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल सम्बन्धि गृहकार्यमा जुटेका छन् ।

त्यसो त ओलीले पार्टीलाई सहमतिका आधारमा अघि बढाउने आश्वासन दिदै आएपनि आफ्नो भनाई र गराईमा परिवर्तन कायमै रहेकाले नेपाल र दाहाल पक्ष विश्वस्त भने देखिदैनन् ।

यता आज मात्र उपाध्यक्ष गौतम र कार्यकारी अध्यक्ष प्रचण्ड विच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उपाध्यक्ष गौतमले आफू प्रधानमन्त्री ओलीको कित्तामा गइनसकेको जनाएको थिए ।

गत शनिबार बसेको सचिवालय बैठकले उपयुक्त समयमा प्रतिनिधि सभामा ल्याउने भने पनि गौतम भने विश्वस्त हुन सकेका छैनन् ।
‘उपयुक्त समय भनेको अर्काे आम निर्वाचन हो भन्ने उहाँको बुझाइ छ’ वामदेव निकट स्रोतले गृहखबरलाई बताए, ‘उहाँलाई यही कार्यकालको यति समयमा प्रतिनिधि सभामा ल्याइनेछ भनेको भए मात्रै त्यो विशिष्ट खालको निर्णय हुन्थ्यो ।’

स्रोतका अनुसार गौतम राष्ट्रिय सभामा आएर उपप्रधानमन्त्री हुने मनसायमा हुनुहुन्न । संविधान संशोधन गर्न सम्भव हुँदैन भन्नेमा पनि उहाँ नेता गौतम सचेत रहेको स्रोतले बतायो ।

२५ गते बस्ने स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार सबै चल्नुपर्नेमा आफू स्पष्ट रहेको समेत गौतमले आफू निकटका नेताहरूसँग बताउने गरेको बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270