२२ वैशाख, झापा । जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समिति झापाले गौरादह नगरपालिकामा रहेका विभिन्न खाद्यान्न पसलहरूलाई ६० हजार रूपैयाँ जरिवाना गरेको छ ।
समितिले आईतवार गौरादहका ५ वटा पसललाई ६० हजार रुपैँया जरिवाना गरेको जनाएको छ । नगरमा गरिएको अनुगमनका क्रममा मुल्य सुचि नराख्ने, बिलबिजक जारी नगर्ने, कारोवारस्थलमा खाता नराख्ने पसलहरुलाई जरिवाना गरिएको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो ।
उपभोक्ताहरूले बजारका व्यापारीले मूल्यभन्दा बढीमा सामान बिक्री गरेको गुनासो गरेपछि समितिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा तय गरेको मूल्यको दररेट, बिल र खातासमेत हेर्दा २० देखि ३० प्रतिशतसम्म मूल्य बढीमा सामान बेचिरहेको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताउनुभयो ।
जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी राज कुमार राईको नेतृत्वमा गरिएको अनुगमन तथा निरीक्षणमा खाद्यान्न सामग्रीको म्याद, ब्यावसायीक ईजाजत पत्र, घरेलुमा दर्ता भएनभएको, नापतौल, बिल बिजक, मूल्यसुचीलगायतका खाद्यान्न सामग्रीको निरिक्षण समेत गरिएको थियो ।