नोबेल अस्पताललाई कारवाही गर्न अनेरास्ववियू उदयपुरको माग

२२ वैशाख, उदयपुर । उदयपुर घर भएकै कारण विरामीको उपचार गर्न नमान्ने विराटनगरको नोबेल अस्पताललाई कारबाही गर्न सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू उदयपुरले माग गरेको छ ।

संगठनका संयोजक बिमल कार्की र सह–संयोजक सरोज अिधकारीद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा भनिएको छः ‘जस्तोसुकै संकटका बेला पनि नागरिकको स्वास्थ्य सेवा नैसर्गिक अधिकार हो, तर नोबेल अस्पतालले गरेको व्यवहारले उदयपुरबासीविरुद्ध घृणा फैलाएको र यो घटनाको छानवीन गरी सो अस्पताललाई कडाभन्दा कडा कार्वाहीको लागी सरकार सँग माग गर्दछौं ।’

केही दिन अघिमात्र उदयपुरको त्रियुगा–११ की २९ वर्षिया सरस्वती रौनियार प्रसुति गराउन नोबेल अस्पतालमा भर्ना भएकी थिईन् । तर उदयपुर घर भएकै कारण उनलाई त्यसको केही समयमै अपरेशन थिएटरबाट निकालिएको समाचार सार्वजनिक भएको थियो । यस घटनाको भत्र्सना गर्दे अनेरास्ववियू उदयपुरले त्यसको छानबिन गरी कारबाही गर्न माग गरेका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270