
इलाम । भौतिक योजना तथा पुनर्निर्माणमन्त्री कुलमान घिसिङले इलामका बाढीपीडितहरूको अवस्था बुझ्दै भोलिसम्म सडक सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
इलाम नगरपालिका–१० राजदुवाली पुगेर मन्त्री घिसिङले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै तत्काल सडक खुलाउन र विद्युत् आपूर्ति गर्न निर्देशन दिएका हुन् ।
मेची राजमार्गअन्तर्गतको राजदुवाली खण्ड अहिलेसम्म अवरुद्ध छ। मिल गोलाइ भने सञ्चालन भइसकेको छ ।
शनिबार इलाम नगरपालिका–१० राजदुवाली पुगेर मन्त्री घिसिङले बाढीले प्रभावित क्षेत्रको अवलोकन गर्दै तत्काल सडक खुलाउन र विद्युत आपूर्ति गर्न निर्देशन दिएका हुन् ।
बाढीले विस्थापित ३४ घरपरिवारलाई उनले राहत वितरण समेत गरे । अवलोकनका क्रममा मन्त्री घिसिङले प्रभावितहरूलाई चाँडो उद्धार, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।
इलाममा हालैको भीषण वर्षासँगै आएको बाढी र पहिरोले सडक, विद्युत लाइन र दर्जनौं घरमा ठूलो क्षति पुर्याएको थियो । विपद्मा परी इलाममा ३९ जनाको मृत्यु भएको छ । सयौं परिवार विस्थापित भएका छन् ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७