माङसेबुङमा प्रथम सुवास नेम्बाङ स्मृति कप फुटबल प्रतियोगिता हुँदै

माङसेबुङमा प्रथम सुवास नेम्बाङ स्मृति कप फुटबल प्रतियोगिता हुँदै

माङसेबुङ इलामको माङसेबुङ गाउँपालिकामा प्रथम सुवासनेम्बाङ स्मृति कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता२०८२ हुने भएको

राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ समितिको आयोजनामा हुनेप्रतियोगिता माङसेबुङ सिङफेरे स्थित जनता आविकोखेलमैदानमा हुनेछ भदौ २४  देखि २७ गते सम्म सञ्चालन हुनेप्रतियोगिताको विजेताले नगद एक लाख २० हजार सहित ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ६० हजारसहित ट्रफि, मेडल प्रमाणपत्र पाउनेछन्

व्यक्तिगत विधातर्फ भने म्यान अफ म्याच सहित प्लेयर अफ टुर्नामेन्ट, हाइ स्कोरर, उत्कृष्ट गोल किपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्सले आकर्षक पुरस्कार पाउने छन्

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराकासाथ सञ्चालन गर्न लागिएको प्रतियोगिताले समग्रमाङसेबुङलाई फाइदा पुग्नु पर्ने तर्क राख्छन् युवा संघ माङसेबुङअध्यक्ष राज कुमार साम्बा साम्बा भन्छन-“लामो समय इलामक्षेत्र नम्बर दुईको नेतृत्व सम्हालेका सुवास नेम्बाङ एक भद्र शालीन नेता थिए महेन्द्र रत्न क्याम्पस इलामको प्रथम स्वतन्त्रविद्यार्थी युनियनको अध्यक्ष, सबैले मन पराएका एक कुशलराजनीतिज्ञ आज हामी माझ नरहे पनि उहाँको स्मृतिमा योप्रतियोगिता गर्न लागेका छौ योप्रतियोगिताले स्थानीय स्तरमाटेवा पुग्नेमा हामी आशावादी छौ यसलाई सफल बनाउन सबैलेआफ्नो ठाउँबाट साथ सहयोग गरिदिनहुन अनुरोध

प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको आयोजक समितिलेजानकारी दिए समितिका अनुसार सहभागी टिमहरुधमाधम सम्पर्कमा आइरहेको । भदौ २० गते बिहान ११:०० बजे खेल तालिका सार्वजनिक गर्ने उद्देश्य राखेका समितिले १९ गते साँझसम्म इन्ट्रि गर्ने समय रहेको बताएका छन् । 

प्रतिक्रिया:

सम्बन्धित खवर