रुखमा बाँधेर राखेको अवस्थामा वृद्ध मृत फेला, ४ जाना नियन्त्रणमा

रुखमा बाँधेर राखेको अवस्थामा वृद्ध मृत फेला, ४ जाना नियन्त्रणमा


२१ साउन, झापा । झापा गाउँपालिका–१ लसुनामा एक वृद्ध मादक पदार्थ सेवन गरी आएपछि छिमेकीहरूले रुखमा बाँधेर राखेको अवस्थामा ती वृद्ध मृत फेला परेका छन् । झापा प्रहरीले दिएको जानकारीअनुसार मंगलबार राति साढे १० बजे स्थानीय ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडुको घर छेउ आइपुगेका थिए ।

घर छेउको गल्लीमा आएर काम्न थालेपछि छिमेकी टुडु लगायत अन्य स्थानीयले मिलेर वृद्धलाई आमको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका थिए। तर आज बिहान ४ बजे हेर्दा उनी मृत अवस्थामा फेला परेका जिल्ला प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी हुनासाथ प्रहरी खटिएको थियो। घटनामा संलग्न मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, छिमेकी महादेव टुडु, सोही स्थानका २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

साथै अन्य थप फरार व्यक्तिको समेत खोजतलास भइरहेको झापा प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया:

सम्बन्धित खवर