झापा । झापाको कमल गाउँपालिका–५ स्थित लवडाँडामा एक म्याजिक गाडी आफैँ गुडेर सडकबाट तल झरेपछि दुर्घटना भएको छ। दुर्घटनामा परी ६ जना यात्रु घाइते भएका छन्।
दमकबाट गौरादहतर्फ जाँदै गरेको मे.१ज ३०२४ नम्बरको म्याजिक गाडी आज साँझ करिब ६:२० बजे दुर्घटनामा परेको हो। गाडीका चालक गौरादह–५ का ४० वर्षीय हेमन्त खड्का गाडी रोकेर सामान लिन तल झरेको बेला म्याजिक अचानक गुडेर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७