१० साउन, झापा । झापाको बिर्तामोडमा धानको बीऊ उखाल्ने क्रममा बेहोस भएर ढलेका एक ब्यक्तिको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–६, बुट्टाबारीस्थित खेतमा धानको बीऊ उखाल्ने क्रममा स्थानिय ५६ वर्षीय हेमप्रसाद रिजाल शनिबार दिउसो खेतमा काम गर्ने क्रममा अचानक बेहोस भएर ढलेका थिए ।
आफन्तजनले उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याएका थिए । तर, अस्पताल ल्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।
रिजालको शव पोस्टमार्टमका लागि भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापामा केहीदिनदेखि अत्याधिक रुपमा गर्मी बढेको छ ।