खुमलटारमा अध्यक्ष प्रचण्ड र नेता खनाल विच एक्ला–एक्लै भेटवार्ता

खुमलटारमा अध्यक्ष प्रचण्ड र नेता खनाल विच एक्ला–एक्लै भेटवार्ता

१५ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उत्पन्न पछिल्लो विवादबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको छ ।

आज विहान मात्र प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाली विच वालुवाटारमा एक्ला एक्लै भेटवार्ता भएको थियो । त्यसको केही समय नवित्दै प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र नेता खनालबीच एक्ला एक्लै भेट बार्ता भएको हो । भेटमा स्थायी कमिटीको बैठक नबोलाइएको अवस्थामा के गर्ने भन्नेबारेमा छलफल भएको स्रोतले बताएको छ ।

भेटमा वरिष्ठ नेता खनालले तत्कालै सचिवालय बैठक बोलाएर स्थायी कमिटी बैठकको मिति तोक्न ढिला गर्न नहुने समेत बताएका थिए ।
ओली र नेपाल पक्षधर नेताहरुको कोटेश्वरमा अहिले छलफल चलिरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर