रोङको झण्डि डाँडामा गुरास, चिया, शिरीष फुल गोडमेल तथा वृक्षरोपण सम्पन्न

रोङको झण्डि डाँडामा गुरास, चिया, शिरीष फुल गोडमेल तथा वृक्षरोपण सम्पन्न

इलाम । इलामकाे रम्भ्याङस्थित चर्चित पर्यटकीयस्थल झण्डीडाडामा गुरास र चिया गाेडमेल, सडक खण्डमा बाँस राेपण, खेलमैदानमा दुवाे बिस्तार गरिएकाे छ ।

रम्भ्याङ कृषि सहकारि संस्थाकाे अायाेजनामा झण्डिडाँडामा राेपिएकाे गुराँस र चियाकाे विरूवाहरू गाेडमेल सरसफाई गरिएकाे हाे ।

झण्डि- धजे पर्यटन क्षेत्रमा गुरास, चिया र शिरीष काे बिरूवाहरू गाेडमेल गरि मल समेत हालिएकाे सहकारिका अध्यक्ष निमा कुमार राईले बताउनुभयाे ।

साेहि अवसरमा धजे- मनकामना सडक खण्डमा बाँसकाे बिरुवा राेपण समेत गरिएकाे छ ।

यसैबीच, झण्डिडाडा स्थित रिनाहाङ सानाे अाहाल खेल मैदानमा गत साल राेपिएकाे दुबाे गाेलमेल तथा थप विस्तार कार्य समेत अघि बढाईएकाे छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर