समाजवादी र राजपाको दल दर्ता रोक्न माग गर्दै युवा संघको निर्वाचन आयोगमा उजुरी

समाजवादी र राजपाको दल दर्ता रोक्न माग गर्दै युवा संघको निर्वाचन आयोगमा उजुरी

१४ वैशाख, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघले नव–गठित जनता समाजवादी पार्टी (जसपा)नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । तत्कालिन युवा संघ नेपालका कोषाध्यक्ष समेत रहेका हाल युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन् ।

उनको निवेदनमा भनिएको छः “दुई दलबीचको सहमति पत्रमा बहु राष्ट्रिय राज्य कायम गर्ने उल्लेख भएको र सो व्यवस्था संविधान प्रतिकुल भएको हुनाले हामीले निर्वाचन आयोगमा उजुरी गरेका हौँ ।” लामाका अनुसार सो निवेदन १३९० नंम्बरमा दर्ता भएको छ ।

समाजवादी पार्टीले आफ्ना सांसद् अपहरण गरेको भन्दै तत्कालिन युवा संघका पूर्व अध्यक्ष समेत रहेका महेश बस्नेत सहित पूर्व आईजिपी सर्वेन्द्र खनाल र नेकपाका अर्का सांसद किसान श्रेष्ठ विरुद्ध अपहरणको जाहेरी दिएसँगै दल दर्ता विरुद्ध निर्वाचन आयोगमा निवेदन दर्ता भएको हो ।

केन्द्रिय सदस्य अमित लामाको नामबाट युवा संघले दर्ता गराएको निवेदनमा भनिएको छः ‘नयाँ दलको उद्देश्य नेपालमा बहु राष्ट्रिय राज्य काम गर्ने भनी उल्लेख गरिएको छ । छुट्टै देश अर्थ झल्कने गरी दल दर्ता गर्न प्रस्ताव गरिएकाले नेपालको संवधानको धारा २६९ को ५ विपरित प्रस्ताव गरिएकाले उक्त दल दर्ता प्रक्रिया रोकी पाउन यो निवेदन पेश गरेका छौँ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर