राजपा–समाजवादी एकीकरण घोषणाको मसी सुक्न नपाउँदै १० सांसदले पार्टी फुटाउने हल्ला

राजपा–समाजवादी एकीकरण घोषणाको मसी सुक्न नपाउँदै १० सांसदले पार्टी फुटाउने हल्ला

१३ वैशाख, काठमाडौं । राजपासँग एकीकरण घोषणा गरेको विज्ञप्तिको मसी सुक्न नपाउँदै समाजवादी पार्टी विभाजित भएको छ । स्रोतका अनुसार समाजवादीका करिब १० जना सांसद्ले पार्टी विभाजनको घोषणा गरेका हुन् ।

‘उहाँहरुको एकीकरण घोषणाको कुनै अर्थ छैन । विज्ञप्ति दिएर पार्टी एकीकरण हुँदैन । हामी भोलि संसदीय दल विभाजन गरेर नयाँ दल दर्ता गर्छाैं ।’ तत्कालिन समाजवादी पार्टीका एक सांसद्का भनेका छन् ।

ति सांसद्का अनुसार समाजवादी र राजपा दुई पार्टी प्रचण्ड, बाबुराम र शेरबहादुर देउवाको स्वार्थमा समाप्त भएको दावी गरेका छन् । उनले भनेः ‘राजपा र समाजवादीमा रहेकाहरुबाट मधेसी जनताले केही आश नगरे हुन्छ ।’ अव आफूहरुले मधेस आन्दोलनलाई हामी जनतामुखी बनाउँने बताएका छन् । । ‘उहाँहरुले हामीलाई बदनाम गर्न खोज्दै हुनुहुन्छ । अपहरणमा परेको देखि लिएर अनेक किसिमका दु ष्प्रचार गरिरहनुभएको छ ।’ ति सांसद्ले भनेका छन् ।

समाजवादीका ती सांसद्ले भनेका छन् ‘दल विभाजन गर्छाैं भनेर उहाँहरुले चाहिँ हामीलाई अपहरणको प्रयास गर्नुभएको छ ।, त्यसैले हामीलाई उहाँहरुबाट खतरा भएको छ ।’
नयाँ दल दर्ता गर्ने कुरोमा कोको सांसद् तयार छन् भन्दा तिन सांसद्ले भनेका छन्ः ‘दल दर्ता नगरी हामीसँग रहेका साथीहरुको नाम भन्दैनौं ।’
‘हामी संग बहुमत सांसद् छन् । उहाँहरुले केन्द्रीय समितिको बैठक नराखी र निर्णय नगरी गर्नुभएको एकीकरणको अर्थ कुनै छैन । ’ उनले अझै भनेका छन्ः ‘त्यो एकीकरण मिडियालाई मसला मात्र हो, तर, हामी बकाइदा वैधानिक रुपमा विभाजित भएका छौँ । उहाँहरुको एकीकरणले कानुनी मान्यता पाउँदैन तर हाम्रो विभाजनले कानुन अनुसार तत्कालै कानुनी मान्यता पाउँछ ।’

-सनराईज खबर

प्रतिक्रिया:

सम्बन्धित खवर