१३ वैशाख, काठमाण्डौँ । कोरोनाभाइरस संक्रमणको संम्भावित जोखिम न्यूनिकरणका लागि जारी गरिएको लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्नेबारे भोलिको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ ।
सरकारलाई आवश्यक सुझाव दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वालुवाटारमा उपप्रधान तथा रक्षा मन्त्रि ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक जारी छ । बैठकमा समितिको सुझाव अनुसार निर्णय लिन भोलिका लागि मन्त्रिपरिषदको बैठक बोलाईएको स्रोतले जनाएको छ ।
सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पटक पटक लकडाउनको समय थप्दै आएकोमा आउदो वैशाख १५ गते यसको अवधि सकिदैँछ ।
उच्चस्तरीय समितिले अहिलेको परिस्थितिको विश्लेषण गरेर लकडाउनको विषयमा सरकारलाई आवश्यक सुझाव दिने जनाईएको छ ।