१२ वैशाख, काठमाण्डौँ । केही दिन अघिमात्र सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश खारेज गर्नुभएको हो ।
सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्काे प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने अध्यादेश ल्याइएको थियो ।
राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेश खारेज गर्नुभएको हो । गत सोमबार मात्र राष्ट्रपतिले सोही अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा प्रमाणीकरण गर्नुभएको थियो ।