१२ वैशाख, विराटनगर । कोरोना भाइरसको संम्भावित जोखिमका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी कक्षा प्रदेश १ मा सञ्चालन हुने भएको छ । प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्र संग समन्वय गरेर एसईई तयारी कक्षा सञ्चालन गर्ने जनाएको छ । मन्त्रालयले नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रसँग कक्षा संञ्चालनका लागिसम्झौता समेत गरिसकेको जनाएको छ ।
टेलिभिजन मार्फत दैनिक १ सय मिनेटको भर्चुअल कक्षा सञ्चालन हुने सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले जानकारी दिनुभएयो । पहिलो चरणमा वैशाख १५ देखि जेठ १५ गतेसम्म एसईई तयारी कक्षा संञ्चालन गर्न लागिएको उहाँले जनाउनुभएको छ ।
मन्त्रालयका शैक्षिक योजना शाखा अधिकृत मानवहादुर देवकोटाका अनुसार शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले तयार गरेको सामाग्री टेलिभिजन मार्फत प्रसारण गरिने छ । उहाँका अनुसार पहिलो चरणमा ९० वटा कक्षा सञ्चालन गरिने छ ।