समाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण गर्न लगाएको भन्दै प्रधानमन्त्री माथि आरोप

समाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण गर्न लगाएको भन्दै प्रधानमन्त्री माथि आरोप

११ वैशाख, काठमाण्डौँ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्न लगाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लागेको छ । सांसद यादवलाई अपहरण गरी मेरियट होटलमा राखिएको भन्दै डा. बाबुराम भट्टराईका सहयोगी विश्वदीप पाण्डेले सामाजिक संञ्चालन ट्वीटर मार्फत जनाउनुभएको छ

सहयोगी पाण्डेका अनुसार अपहरणपछि गएराति सांसद यादव मेरियट होटलबाट प्रधानमन्त्रीले बनाएको घेरा तोडेर निस्केन सफल भएका थिए । यादवलाई सुरक्षित स्थानमा राख्न आफू गएको भन्दै उहाँले समेत तस्बिर पोष्ट गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छः, “यादव जी पिएसओलाई पनि झुक्याएर निस्कन सफल हुनुभयो ।” समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राई समेत यादवलाई भेट्न होटल मेरियट पुगेको पाण्डेले जनाउनुभएको छ ।

यसका अलावा बेलुका अपहरणमा परेको, प्रशासनबाट दुःख भोग्नुपरेको, प्रधानमन्त्रीसँग राति फोनमा कुरा भएको, विहान होटलबाट भागेको विषयबारे सुरेन्द यादवले आफुसंग खुलासा गरेको पाण्डेले सामाजिक संञ्जाल ट्वीटर मार्फत जनाउनुभएको छ ।

पाण्डेका अनुसार पार्टी फुटाउन लागेका भनिएका रेणु यादव र इस्तियाक राईसँग पनि समाजवादी पार्टीका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको फोनमा कुराकानी भएको उल्लेख छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर